Logo

२९ फाल्गुण, काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको अन्तिम दिन शुक्रबार कारोबार मूल्यमा उल्लेख्य गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँको गिरावट आएको छ । यो गिरावटका कारण केही समयदेखि उच्च विन्दुमा रहेको सुनको भाउमा उपभोक्तालाई केही राहत महसुस भएको छ ।

महासंघले तय गरेको नयाँ मूल्यसूची अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ रहेको थियो। यसैगरी, १० ग्राम सुनको मूल्यमा पनि परिवर्तन देखिएको छ । हिजो २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ रहेको १० ग्राम सुनको मूल्य आज घटेर २ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।

सुनसँगै चाँदीको बजारमा पनि आज मन्दी देखिएको छ । हिजो प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्यमा पनि १७ रुपैयाँको गिरावट आउँदै आज ४ हजार ७ सय ११ रुपैयाँ तोकिएको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यमा अस्थिरता देखिएको व्यवसायीहरूको भनाइ छ ।


सम्बन्धित समाचार