Logo

३० फागुन,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ।समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने मुख्य एजेन्डासहित बैठक दिउँसो १ बजे बोलाइएको हो।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको उनले जानकारी दिए।

कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको नाम टुंगो लगाउने तयारीका साथ बैठक आह्वान गरेको हो।


सम्बन्धित समाचार