Logo

२ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बहाल कर संकलनलाई व्यवस्थित प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ। बैठक महानगरप्रमुख राजेशमान सिंह को अध्यक्षतामा सम्पन्न भएको थियो।

बैठकमा बहाल करको दायरा विस्तार गर्ने स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने विषयमा विशेष छलफल भएको थियो। महानगरप्रमुख सिंहले बहाल कर संकलनको अधिकार स्थानीय तहको भए पनि हाल उक्त कर संघीय सरकार मातहतको आन्तरिक राजश्व कार्यालयमा जम्मा हुने भएकाले स्थानीय तहको राजश्व प्रभावित भइरहेको बताए। उनले संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार बहाल कर महानगरपालिकामै बुझाउने व्यवस्था कार्यान्वयन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।

टिकाराज चौलागाई, प्रमुख कर अधिकृत, आन्तरिक राजश्व कार्यालय वीरगञ्जले महानगरपालिकाको अभियानमा सहयोग गर्न कार्यालय तयार रहेको बताए। करदाता सेवा कार्यालय खारेज भइसकेकाले स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने प्रक्रिया अघि बढिरहेको आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने उनले जानकारी गराए।

छलफलमा घरबहाल करलाई व्यवस्थित रूपमा संकलन गर्ने, करको दायरा फराकिलो बनाउने तथा महानगरपालिकाबाटै प्यान नम्बर जारी गर्ने सम्भावनाबारे विचार–विमर्श गरिएको थियो। कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, लेखा परीक्षक, लेखा व्यवसायी तथा स्थानीय व्यवसायीहरू सहभागी थिए।

सहभागीहरूले कर प्रणालीलाई सरल, पारदर्शी सेवामैत्री बनाउन स्थानीय तह, कर कार्यालय व्यवसायीबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै कर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित समाचार