Logo

४ चैत्र, काठमाडौं । निर्वाचनपछिको राजनीतिक परिदृश्य बदलिँदै जाँदा अर्थमन्त्री रामेश्वर खनालले आगामी हप्तासम्ममा मुलुकले नयाँ सरकार पाउने संकेत गर्नुभएको छ ।

नेपाल नागरिक लगानी कोषको वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले अब आफ्नो जिम्मेवारीबाट विश्राम लिने समय आएको स्पष्ट पार्नुभयो । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरेसँगै संवैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठनको ढोका खुल्ने र यसले तीव्र गति लिने उहाँको विश्वास छ ।

मुलुकको आर्थिक अवस्था र आगामी चुनौतीहरूबारे चर्चा गर्दै मन्त्री खनालले अब बन्ने सरकारले शक्तिशाली बहुमतका साथ काम गर्न पाउने अपेक्षा व्यक्त गर्नुभयो । बाह्य क्षेत्रबाट सिर्जित आर्थिक चुनौतीहरू र समष्टिगत आर्थिक परिसूचकहरूमा देखिएका उतारचढावलाई सम्बोधन गर्न नयाँ नेतृत्व सक्षम हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आफू बिदाइको संघारमा रहेको उल्लेख गर्दै उहाँले नयाँ आउने सरकारका लागि शुभकामना समेत प्रकट गर्नुभयो ।

पछिल्लो निर्वाचन परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले संसद्मा उल्लेख्य अग्रता र बहुमत हासिल गरेको देखिन्छ । कुल १६५ सिटमध्ये रास्वपाले १२५ सिटमा जित निकाल्दै सत्ता समीकरणको नेतृत्व गर्ने बलियो आधार तयार पारेको छ भने नेपाली कांग्रेस १८ र एमाले ९ सिटमा सीमित भएका छन् । यस राजनीतिक फेरबदलका बीच अर्थमन्त्री खनालको पछिल्लो भनाइले सत्ता हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको पुष्टि गरेको छ ।


सम्बन्धित समाचार