७ चैत,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले केही व्यक्ति तथा समूहहरूले सामाजिक सञ्जालमार्फत आफूलाई वीरगञ्ज महानगरपालिका र अन्य स्थानीय तहका मेयर तथा वडाध्यक्ष पदका उम्मेदवार भएको दाबी गर्दै भ्रामक प्रचार गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला सचिव सुदिश प्रजापती द्वारा जारी विज्ञप्तिमा पार्टीले अहिलेसम्म कुनै व्यक्तिलाई आधिकारिक उम्मेदवार घोषणा नगरेको स्पष्ट पारिएको छ।
विज्ञप्तिमा जनतालाई सचेत गराउँदै यस्ता गलत र भ्रामक गतिविधि नगर्न तथा नगराउन अनुरोध गरिएको छ। सामाजिक सञ्जालमा फैलाइएका कपोलकल्पित दाबीमा विश्वास नगर्न र यस्ता व्यक्ति वा समूहबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
पार्टीले आधिकारिक निर्णय बिना उम्मेदवारी दाबी गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न सबै पक्षलाई चेतावनी दिएको छ।

















