Logo

 १४ चैत,काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघची ले संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि सुरु गरेको सैन्य कारबाहीमा इरानभर ६ सयभन्दा बढी विद्यालय ध्वस्त भएको बताएका छन्।

जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आकस्मिक बहसमा भिडियो लिंकमार्फत बोल्दै अराघचीले दक्षिण इरानी शहर मिनाबको प्राथमिक विद्यालयमा नियोजित आक्रमण भएको दाबी गर्दै १७५ भन्दा बढी विद्यार्थी र शिक्षकहरूको मृत्यु भएको जानकारी दिए।

अराघचीले शजरेह तय्यबेह विद्यालयमाथिको आक्रमणलाई “युद्ध अपराध र मानवताविरुद्धको अपराध” भन्दै यसको कडा निन्दा गर्न र दोषीहरूलाई जवाफदेही बनाउन सबैले पहल गर्नुपर्ने माग गरेका छन्। उनले आक्रमणकारीहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको व्यापक उल्लंघन गरेको आरोप पनि लगाए।


सम्बन्धित समाचार