१५ चैत, काठमाडौँ । सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने भएको छ ।
मन्त्रिपरिषद्को पहिलो बैठकले पारित गरेका सय कार्यसूचीमा मन्त्रालय घटाउने विषय राखिएको छ । अहिले रहेका मन्त्रालयको संख्या धेरै भएकाले घटाएर १७ मा झार्ने भनिएको छ । अहिले २२ वटा मन्त्रालय रहेका छन् ।
सरकारले ३० दिनभित्र मन्त्रालय घटाउने निर्णयसहित मौजुदा नेपाल सरकराको (कार्यविभाजन) नियमावली संशोधन गर्ने जनाएको छ । मन्त्रालय घटाउँदा दरबन्दी व्यवस्थापन गर्नु परेमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्था गर्ने भएको छ ।


















