Logo

२४ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न सडक र खाली जग्गामा अनधिकृत रूपमा सञ्चालन भइरहेका पसल तथा बजार तत्काल बन्द गर्न निर्देशन दिएको छ।

महानगरपालिकाका अनुसार नयाँ बसपार्क नजिकको खाली जग्गा, पावर हाउस क्षेत्र, मुर्ली चोक, बुखार चोक, इदगाह चोक र गीता मन्दिर वरिपरि तरकारी, फलफुल लगायतका पसलहरू अनधिकृत रूपमा सञ्चालन भइरहेका छन्।

महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा ती पसल र बजार तुरुन्तै हटाइएन भने वा बन्द नगरिए प्रचलित कानून अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।


सम्बन्धित समाचार