२५ चैत, वीरगञ्ज । वीरगञ्जका युवा व्यवसायी संजय कुमार अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको सातौँ प्रदेश अधिवेशनबाट उपाध्यक्ष ९एशोसिएट तर्फ० पदमा निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनमा एशोसिएट तर्फको उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका अग्रवालको विरुद्ध कसैको उमेदवारी नपरेपछि उनी र्निविरोध निर्वाचित भएका हुन ।
उपाध्यक्ष पदमा र्निविरोध निर्वाचित भएपछि आफूलाई योग्य ठान्ने मधेस प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष, कार्यसमिति सदस्य तथा उद्योगी–व्यवसायी प्रति हार्दिक आभार व्यक्त गरे। उनले यो निर्विरोध चयनले आफूलाई थप जिम्मेवारीबोध गराएको उल्लेख गर्दै प्रदेशको औद्योगिक तथा व्यावसायिक हकहित प्रवद्र्धनका लागि अझ सक्रिय रहने बताए ।
उपाध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा उद्योगी तथा व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरे । उनले मधेसमा उद्योगी व्यवसायीको लागि लगानी प्रवर्द्धन गर्न, व्यावसायिक वातावरणको सुदृढीकरण र क्षेत्रीय आर्थिक विकासमा सरकार तथा सरोकारवाला निकायलाई विश्वासमा लिएर काम गर्ने बताए ।
अग्रजहरूको मार्गदर्शन र सरोकारवालाहरूको सुझावलाई आत्मसात् गर्दै मधेस प्रदेशलाई अझ सक्षम र प्रतिस्पर्धी औद्योगिक केन्द्र बनाउन म निरन्तर प्रयासरत रहनेछु, नवनिर्वाचित उपाध्यक्ष अग्रवालले भने।
वीरगञ्जमा लामो समय देखि व्यवसाय गर्दै आएका अग्रवाल सामाजिक क्षेत्रमा समेत सम्लग्न रहदै आएका छन् ।


















