२ वैशाख,वीरगञ्ज । पर्साको महुवन क्षेत्रमा लागेको आगो निभाउन जाँदै गर्दा सखुवा प्रसौनी गाउँपालिकाको बारुण यन्त्र (दमकल) दुर्घटनामा परेको छ।
गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुर्घटनामा एक जना कर्मचारी घाइते भएको र हाल उनी उपचाररत रहेको बताएका छन्।
अध्यक्ष यादवका अनुसार आगलागी नियन्त्रणका लागि जाँदै गर्दा भएको उक्त दुर्घटनापछि घाइते कर्मचारीको उपचार भइरहेको छ। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैलाई सकारात्मक सोच राख्न र आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।



















