Logo

१२ वैशाख, वीरगञ्ज । वीरगञ्जको लोहारपट्टी चोकदेखि अलखियामठ मन्दिर चोकसम्म पार्किङ निषेध गरिएको छ । महानगरको पार्किङलाई थप व्यवस्थित बनाउँदै सडक फराकिलो बनाउने उद्देश्यले पहिलो चरणमा आजदेखि लागू हुनेगरी सो क्षेत्रमा दुई पाङ्गग्रे र चार पाङ्गग्रे सवारीसाधनको पार्किङ निषेध गरिएको हो ।

त्यहाँ पार्किङ हुँदै आएका सवारीसाधनलाई राणीसती मन्दिर अगाडि अवस्थित हजारीमल धर्मशाला ट्रस्टको खाली जग्गामा पार्किङ गर्न अनुरोध गरिएको छ ।

आज बिहान ग्रिनसिटी सामूदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा महानगरपालिकाका, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले पार्किङ निषेधको निर्णय गरेको ट्राफिक प्रहरी पर्साका इन्चार्ज प्रहरी निरीक्षक मनिराम थापाले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार