Logo

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित आशाराम हस्पिटलमा आज पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ । आशाराम हस्पिटलले महिलाहरुमा हुने स्वास्थ्य समस्यामा पाठेघरको समस्या जटिल रहेकाले महिला स्वास्थ्य कार्यक्रम अन्र्तगत सो शिविर संचालन गरिएको अस्पतालकी संचालिका निभा दासले बताउनुभयो ।

शिविरमा बारा पर्सा रौतहट लगायत सिमापारीका १७५ महिलाले पाठेघर सम्बन्धि चेकजाँच गराएको स्त्री तथा प्रशूति रोग विशेषज्ञ डा अलिशा दासले बताउनुभयो । उहाँले ५५ जना महिलामा संक्रमणको समस्या रहेको र ६ जना महिलामा क्यान्सर सम्बन्धि सुरुवाती समस्या देखिएको र केहि महिलाहरुमा भने पाठेघरमा मासु पलाएको समस्या देखिएको बताउनुभयो ।

पाठेघर सम्बन्धि समस्या देखिएका महिलाहरुलाई डा.दासले समयमै उपचार विधि अगाडी सुझाव दिनुभएको छ ।
सो शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी डाक्टर अलिशा दास, डाक्टर बबिता चौधरी र डाक्टर चाँदनी पाण्डेयले चेकजाँच गर्नुभएको संचालिका निभा दासले बताउनुभयो ।


सम्बन्धित समाचार