Logo

१५ वैशाख,वीरगञ्ज । बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार रामको मृत्यु भएको हो ।

बा ८० प ४०२१ नंम्बरको मोटरसाइलमा सवार रामको वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना ५ त ८२५० नंम्बरको ट्र्याक्टरमा रहेको फलामको रडले घोच्दा उनको घटनास्थलमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले बताउनुभयो । मृतक राम कलैया उपमहानगरपालिका–२१ मझैलिया निवासी हुन् ।


सम्बन्धित समाचार