Logo

फाइल तस्बिर

१५ वैशाख, सर्लाही । सर्लाहीको मलंगवामा आज बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।

मलंगवा नगरपालिका–१० मा कोठा भाडामा लिएर बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने आगलागी भएको हो । कोठामा आगलागी हुदाँ ९ महिनाको छोरीसहित अहमद र उनकी श्रीमती काजुल मन्सुरी जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागीको घटनालगत्तै पुगेको प्रहरी टोलीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पु¥याइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।आगलागीमा परि उनीहरुको शरीरको १५ प्रतिशत भाग जलेको छ ।


सम्बन्धित समाचार