२ बैशाख, काठमाडौँ । बदलिँदो सामाजिक परिवेश र खस्कँदो मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले विद्यालय तहको पाठ्यक्रममा पुनः 'नैतिक शिक्षा' समावेश गर्ने तयारी गरेको छ । विगतको सशस्त्र द्वन्द्वकालदेखि ओझेलमा परेको र गणतन्त्र स्थापनापछि पूर्णतः हटाइएको यस विषयलाई सरकारले आफ्नो राष्ट्रिय प्रतिबद्धताको शिक्षा खण्डमा समेट्दै कक्षाकोठामा फर्काउने निर्णय गरेको हो ।