Logo
माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी हेरफेर, मधेसकाे इन्चार्जमा देवेन्द्र पौडेल

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो। जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी दिइएको बैठकमा