Logo

२२ जेठ,चितवन । माडी–६ कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति शुक्रबार सर्वसम्मत रूपमा गठन भएको छ। राधाकुमारी आचार्य अध्यक्षमा चयन भएकी छन् भने ताराबहादुर खत्री, तिला रानाभाट र दामोदर गौतम सदस्यका रूपमा सर्वसम्मत रूपमा चयन भएका छन्।

स्थानीय तहको प्रतिनिधि माडी नगरपालिका–६ का वडा अध्यक्ष दीपेन्द्रराज पौडेल रहेका छन् भने विद्यालयका प्रधानाध्यापक रामबहादुर जी.सी. सदस्य–सचिवको रूपमा रहनुभएको छ।

माडी नगरपालिकाद्वारा नमुना घोषित र नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त यो विद्यालयको नयाँ व्यवस्थापन समिति शैक्षिक, प्रशासनिक र भौतिक विकासमा सक्रिय रहने विश्वास व्यक्त गरिएको छ।

नव निर्वाचित आचार्यले भन्नुभयो सबै सङ सहकार्य गरी विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण निर्माण गर्न प्रतिबद्ध छौं ।
विद्यालय परिवार, अभिभावक र स्थानीय समुदायले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।


सम्बन्धित समाचार