३० जेठ, अहमदाबाद । अहमदाबादबाट लन्डनतर्फ उडेको एयर इन्डियाको विमान बिहीबार दिउँसो दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या २६५ पुगेको छ । यस घटनामा विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यहरुको पनि मृत्यु भएको छ । दुर्घटनापछि विमान अहमदाबादको सिभिल अस्पतालको छेउमा रहेको बीजे मेडिकल कलेजको होस्टेलमा खसेको थियो, जसका