२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन मद्दत नगर्ने सो पार्टीका नेताहरूले बताएका छन्। माओवादी केन्द्रको ठहर छ कि द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मा पठाउनु पर्नेमा प्रहरीलाई छानबिन