२३ जेठ, काठमाडौँ । अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको अस्थायी बसोबास अनुमति, टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस), खारेज गर्ने घोषणा गरेको छ। अमेरिकी गृह सुरक्षा मन्त्रालयले जारी गरेको सूचनामा नेपालको वर्तमान अवस्थाको गहन समीक्षा र सरोकारवाला निकायहरूसँगको परामर्शपछि नेपाली नागरिकले अब टीपीएसका लागि आवश्यक वैधानिक मापदण्ड पूरा नगर्ने निष्कर्षमा पुगेको उल्लेख छ।