Logo

२८ भदौ काठमाडौँ ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई मुलुकबीच बढिरहेको रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखि नेपालमा चीनले ठूलो लगानी बढाइदिओस् भन्ने चाहना रहेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको द्विपक्षीय प्रतिनिधिमण्डल संवादका दौरान अध्यक्ष दाहालले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई राष्ट्रपति सी चिनफिङको भ्रमणले थप उचाइमा पु¥याएको बताएका थिए
दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत राणनीतिक साझेदारी गरेको र उक्त साझेदारी नेपालको विकास र समृद्धिमा चीन सरकारले सहयोग गर्नुपर्ने बताए ।
‘नेपाल–चीनबीच जुन रणनीतिक साझेदारी अघि बढिरहेको छ, नेपालको प्राथमिकता निर्धारण गरेर अलि ठूलो मात्राको लगानी नेपालमा बढाइदिनु प¥यो,’ अध्यक्ष दाहाललाई उदृत गर्दै मल्लले भने । साथै, दाहालले अध्यक्ष लीलाई नाकाहरु खुलाउनुको लागि पनि आग्रह गरे । दाहालले नेपालमा चीन सरकारबाट भइरहेका विकास निर्माणको कार्यक्रम छिटोछिटो गर्नको लागि पनि आग्रह गरे । दाहालले चीनसँग नेपालको व्यापार असन्तुलन भएको पनि उल्लेख गरे । उक्त संवादमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उर्जामन्त्री पम्फा भूसाललगायत उपस्थित रहेका थिए ।
जवाफमा चिनियाँ अध्यक्ष लीले नेपालको आर्थिक विकास र समृद्धिमा सधैं सहयोग गर्ने वाचा गरेका थिए । लीले नेपालले आफ्नो प्राथमिकता आफैं निर्धारण गर्नुपर्ने पनि बताए । अध्यक्ष लीले भने, ‘हामी मार्क्सवादीहरु हौं । विश्वमा हाम्रो एउटै भावनात्मक सम्बन्ध रहेको छ ।’ सभार ः कान्तिपुर


सम्बन्धित समाचार