Logo

७ असोज वीरगञ्ज ।
पाटी भित्र अप्ठारोमा परेका प्रधानमन्त्री तथा नेपाली कागेंसका सभापति शेरवहादुर देउवाले सिट बाँडफाँटमा ठोस निर्णय लिन नसक्दा गठवन्धनमा समस्या देखिन थालेको छ । कागेंसले पाटी भित्रको आन्तरिक समस्या हल गर्न नसकेपछि सिट बाँडफाँटको विषयमा भएका छलफल ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुटाउन नसके पछि कांग्रेसबाहेक तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको हो ।

गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बढी सिट लिने अडान लिएपछि दाहाल, नेपाल र यादवले मोर्चाबन्दी गरेर छलफल गरेका हुन् ।
गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुंगो लागेको छैन । ‘गठबन्धनमा सिटको बाँडफाँट मिल्न सकेको छैन ।
तीन दलका अध्यक्षहरूबीच छुट्टै छलफल भयो,’ जसपाका एक नेताले भने, ‘गठबन्धनमा दलहरूबीचको सिट बाँडफाँटमा तीन दलले लिने अडान र सहमतिका सम्भावनाहरूबारे कुराकानी भएको छ ।’


सम्बन्धित समाचार