Logo

१६ असोज, वीरगन्ज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२९ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हुलदंगामा करिब १८० जना घाइते भएका छन् ।हार्ने पक्षका समर्थकहरू हिंसात्मक गतिविधिमा उत्रिएका थिए । त्यसपछि भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।घटनापछि लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ ।


सम्बन्धित समाचार