Logo

१८, असोज, चितवन । नेपाली काग्रेस भित्रको आन्तरिक किचलोको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको क्षेत्र नं. ३ छोडने संकेत गरेपछि पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं ३ नछाड्न आग्रह गरेको छ ।

नेपाली काग्रेसका नेता कृष्णलाल सापकोटा, जगन्नाथ पौडेल, तारा पौडेल लगायतका नेता कार्यकर्ताले प्रचण्डलाई चितवन क्षेत्र नं. ३ छोडेमा गठवन्धनका उमेदवार हराउने धम्की दिएपछि प्रचण्डले चितवनको विकल्प रोज्ने मनस्थितीमा पुगका छन । प्रचण्डले चितवन छोडेर गोरखा जाने हाल्ला चलेपछि चितवनको विकासका विरुद्ध प्रचण्डलाई चितवनबाट उठन नदिने षडयन्त्र भएको आरोप माओवादीका स्थानीय नेताहरुको भनाई छ ।

यता कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।

बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल पनि सहभागी थिए ।

 


सम्बन्धित समाचार