Logo

२८ असोज, गोरखा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आएको कुरालाई प्रतिक्रियावादी शक्ति केन्द्रहरूले जित र हारसँग जोडेर अफवाह फैलाएको वताएका छन ।

अध्यक्ष प्रचण्डले आफू ४० वर्षपछि पुनः गोरखा फर्कनुलाई चिनियाँ कम्युनिष्ट नेता माओत्से तुङको चिनकाङसाङ यात्रासँग तुलना गरे । उनले भने, म चिनकाङसाङ फर्केको हुँ, फेरि एउटा नयाँ क्रान्ति, नयाँ अभियान, रुपान्तरणको निम्ति गोरखाका आएको छु ।’

माओ चिनियाँ कम्युनिष्ट पार्टीमा विचलन आएपछि छापामार युद्ध थालनी गरिएको स्थान चिनकाङसाङ फर्किएका थिए । प्रचण्डले जनयुद्धमा पहिलो सैन्य अभ्यास सुरुवात गरेको गोरखाको सिरानचोकलाई चिनकाङसाङसँग तुलना गरेका हुन् ।

गोरखाको सदरमुकामस्थित माओवादीको पाटेचौरमा रहेको कार्यालयमा भएको पार्टीको आन्तरिक प्रशिक्षणमा दाहाल चिनिया कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङ चिनकाङसाङ फर्किएको घटना सम्झना गर्दै भक्कानिएका थिए ।

चितवनबाट गठबन्धन र एमालेबाट निर्वाचित प्रतिनिधि समेतले चितवनमा जिताउने आश्वासन दिएको भएपनि आफूले गोरखालाई रोज्नु परेको कारणका वारेमा प्रष्ट पर्दै प्रचण्डले भने माओत्सेतुङ चिनकाङसाङ फर्किएको घटना स्मरण गर्न म यहाँ आएको हुँ ।

‘गोरखा जाने भनेपछि दुई–चार दिन आतंक भयो, पार्टीका कार्यकर्ता र जनतामा पनि,’ प्रचण्डले भने,‘गठबन्धनमा मात्र होइन विपक्षी एमालेको निर्वाचित प्रतिनिधिहरूमा पनि खैलाबैला भयो । उहाँहरू काठमाडौंमा हामी गठबन्धनको बैठक बस्दै गर्दा बालुवाटार आउनुभयो । गठबन्धनका सबै थिए, एमाले प्रतिनिधिसहित आएर तपाईं चितवनबाट लडनु होस् जिताउने शतप्रतिशत जिम्मा हामी लिन्छौँ भन्नुभयो ।’

प्रचण्डले प्रतिक्रियावादी शक्ति केन्द्रहरूले चितवनबाट चुनाव नलड्ने विषय जित र हारसँग तुलना गरेकोमा आक्रोश ब्यक्त गरे । ‘यो पनि थाहा पाउनुभयो होला, परिवारभित्र पनि रेनु, निर्वाचनका बेला निकै चर्चा र सबैको ध्यानाकर्षण भएको भरतपुर महानगर थियो, जो त्यहाँको मेयर थिइन्,’ उनले भने,‘अध्यक्ष गोरखा जाने चर्चा चलेदेखि उनको पनि मुड अफ, भएको छ ।

प्रचण्डले भने मैले पाटी निर्माणका निम्ति, रूपान्तरणका निमित्त, क्रान्तिकारी बीउ बचाइराख्नका निम्ति गोरखा जानुपर्छ सोचे, नेतृत्व टिमले सोच्यो,’ उनले भने,‘तपाईंले गोरखा आउनुपर्छ भन्नुभयो, सबै तालमेल मिल्यो म गोरखा आइपुगेँ ।’

 


सम्बन्धित समाचार