Logo

२९ असोज, सिमरा ।
नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटि सदस्य जहिर मियाँ अंन्सारीले एमालेमा पार्टी प्रवेश नगरेको भन्दै विज्ञप्ती मार्फत स्पष्ट पारेका छन् ।

माओवादी नेता मियाँले विज्ञप्ती जारी गर्दै पसलमा बसीरहेको अवस्थामा भोट माग्न आएका एमाले नेता कार्यकर्ताले चुनाव चिन्ह्र अंकित गम्छा ओढाएर सो फोटो सामाजिक सञ्जालमा बदनाम हुनेगरी प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘म पसलमा बसिरहेको अवस्थामा भोट माग्न आएका एमाले उम्मेदवारले एमालेको चुनाव चिन्ह्र अंकित गम्छा ओढाएर समाजिक सञ्जाल र पत्रपत्रिकामा मेरो राजनीतिक चरित्र हत्या हुनेगरी पार्टी प्रवेश गरेको भन्दै झुटो र गलत प्रचार गरी चुनाव आँचारसहिता समेत उलघंन गरेको हुदाँ गलत प्रचार गरेकोले सो घटना प्रति घोर भत्सना गर्दछु’ मियाँद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

माओवादी मधेस प्रदेश कमिटी सदस्य मियाँ बाराको जितपुरसीमरा उपमहानगर ७ स्थित मस्जिदका धर्मगुरु समेत हुन् ।


सम्बन्धित समाचार