Logo

१ कार्तिक, सिमरा बारा ।

बारा क्षेत्र नम्बर ४ का उम्मेदवारहरुलाई विजयी गराउन ५ दलिय गठबन्धनले निर्वाचन अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ । ५ दलिय गठबन्धनको क्षेत्रिय निर्वाचन परिचालन समितिको बैठकले निर्वाचन अभियान प्रभावकारी बनाउने निर्णय गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आज बसेको क्षेत्रिय निर्वाचन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिका संयोजक सुनिल कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले प्रचार प्रसारलाई ब्यापक बनाउने निर्णय गरेको छ ।

बैठकले पालिका स्तरीय निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको छ । संयोजक गुप्ताले क्षेत्र नम्बर ४ को पाच वटै पालिकामा कमिटि गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै बैठकले क्षेत्र नम्बर ४ भित्र रहेका ३८ वटा वडामा पनि निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको छ । गुप्ताका अनुसार वडा कमिटिसहित बुथ समिति र टोल समिति पनि गठन गरिनेछ ।

यस्तै बैठकले निर्वाचन अभियानलाई केन्द्रित गरी ३ वटा सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय पनि गरेको छ । जस अनुरुप प्रतिनिधिसभाको क्ष्ँेत्रिय निर्वाचन सम्पर्क कार्यालय वडा नम्बर ७ स्थित जीतपुरमा सञ्चालन गर्ने तयारी गरिएको छ । सम्पर्क कार्यालयको भोलि एक कार्यक्रमकाबिच उद्घाटन गरिने संयोजक गुप्ताले बताउनुभयो । यस्तै ४ क को सम्पर्क कार्यालय सिमरामा सञ्चालन गर्ने निर्णय भएको उहाले बताउनुभयो । गुप्ताका अनुसार ४ ख को कार्यालय पर्सौनी सञ्चालन गर्ने निर्णय भएको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै ५ दलिय गठबन्धनले क्षेत्र नम्बर ४ को लागी हिजो गुप्ताको संयोजकत्वमा १७ सदस्यि क्षेत्रिय निर्वाचन परिचालन समिति गठन गरेको थियो । ५ दलिय गठबन्धनको क्षेत्रिय बैठक हिजो बसेको थियो । बैठकले क्षेत्र नम्बर ४ (क) र ४ (ख) को लागी पनि प्रदेश स्तरीय निर्वाचन परिचान समिति गठन गरेको छ । गुप्ताका अनुसार क्षेत्र नम्बर ४ (क) मा प्रेम बराल र ४ (ख) मा सिताराम गुप्ताको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । ५ दलिय गठबन्धनको तर्फबाट क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशान, क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिल, क्षेत्र नम्बर ४ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनल चुनावी मैदानमा हुनुहुन्छ ।


सम्बन्धित समाचार