Logo

पर्सा निर्वाचन क्षेत्र नं. ३ का एमाले उमेदवार राजकुमार गुप्ताले प्रचारको लागि प्रयोग गरेको डिजेबाज सहितको गाडी

३ कार्तिक, वीरगञ्ज ।
निर्वाचन अनुगमन समितिले निरन्तर अनुगमन गर्न नसक्दा पर्सामा निर्वाचन आचार संहिता उलंघन भईरहेको छ । प्रतिनीधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले चुनावी अभियानमा क्रममा अचार संहिताले निषेध गरेका गतिविधि गरेका हुन् ।

आचार संहितामा कोणसभा गर्न बन्देज लगाईएको छ । नाचगान वा बाजागाजा केही नगरी बढीमा २५ जनासम्म गएर घरदैलो गर्नसक्ने उल्लेख छ । तर उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तोकिएको भन्दा फरक किसिमले गरिरहेका छन् । विभिन्न चिह्न एवं झन्डा प्रयोग गरेर प्रचारप्रसार गरिरहेका छन् । कोणसभा, आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि विषय निर्वाचन प्रचार प्रसारको प्रयोजनका लागि गर्न नपाउने भनिएपनि भईरहेको छ ।

निर्वाचन आचारसंहिता (२०७९) ले निर्वाचन हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र प्रचार प्रसारका गतिविधि गर्न पाउने व्यवस्था गरेको छ । त्यसका आधारमा दलहरूले कात्तिक १८ गतेदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । तर उम्मेदवारहरुले ठूलो ठूलो साउण्ड बक्स मार्फत मतदान गर्न आग्रह गर्दै पर्चा पम्पलेट वितरण गर्नुको साथै तुल ब्यानर टाँगेर सहित प्रचार प्रसार गरिरहेका छन् ।

 

पर्साको निर्वाचन क्षेत्र नं. ३ का नेकपा एमालेका उमेदवार राजकुमार गुप्ता र प्रदेश सभा सदस्यका उमेदवार मधु रौनियारको चुनाव प्रचारमा डिजेबाजा सहितको गाडी प्रयोग भएको छ । पर्सा क्षेत्र नं. १ मा पनि निर्वाचन आचार संहित विपरित घरदैलो कार्यक्रम र ब्यानर सहित ठूलो संख्यामा प्रचारप्रसार कार्यक्रम संचालन गरिएको छ ।
निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले निर्वाचन आचार संहित उल्लंघनका एउटा मात्र उजुरी परेको र त्यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताले सुचना हटाएपछि समाधान भएको वताए । डिजेबाजा, व्यानर र झण्डा सहित गाउँटोलमा प्रचार भएको विषयमा कुनै जानकारी नभएको वताए ।

आचार संहिता विपरित कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्र कार्कीको संयोजकत्वमा गठित आचार संहिता अनुगमन समितिले प्रभावकारी अनुममन नगरेका कारण आचार संहिता उलंघनका घटना बढेको सरोकारवालाले बताएका छन् ।

आचार संहित जिल्ला अनुगमन समितिका प्रमुख रुद्र कार्कीले आफू कहाँ कुनै उजुरी नपरेले त्यस सम्वन्धमा अनविज्ञता प्रकट गरे । बिहिवार मात्र मेरो कार्यालय अगाडी लालटिन छापको ब्यानर देखे र सम्वन्धित उमेदवारलाई फोन गरेर हटाउनु भनेको छु कार्कीले भने । “कार्तिक १७ गते अगाडी घरदैलो र प्रचारप्रसार गर्न पाइदैन कसैले गरेको छ भने कार्वाहीको गरिन्छ” उनले भने ।

बुधवार पर्साको मुख्य निर्वाचन अधिकृत सहित ४ वटै निर्वाचन क्षेत्रका अधिकृतहरुले अचार संहिता उल्लंघन नगर्न उम्मेदवारहरुलाई आग्रह गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गरेर निर्वाचन आचार संहिता उलंघन गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनीे दिएका छन् । मुख्य निर्र्वाचन अधिकृत विनोद कुमार पोखरेल, निर्वाचन अधिकृतहरु क्रमशः सुशील देवकोटा, योगनाथ ढकाल र रमेश श्रेष्ठले संयुक्त विज्ञप्ती जारी गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

निर्वाचन आयोगतबाट तोकिएका अधिकृतलाई आचार संहिता विपरित टाँस गरिएको पर्चा, पम्पलेट, ब्यानर, फ्लेक्स बोर्ड लगायत सामाग्री निकाल्न सघाउन सुरक्षा निकायसँग उनीहरुले आग्रह गरेका छन् । मंसिर ४ गते भन्दा १७ दिन अगाडीबाट मात्र चुनाव सम्बन्धी सभा सम्मेलन, कोण सभा, एवं घरदैलो कार्यक्रम गर्न पाउने व्यवस्था स्मरण गराउँदै विज्ञप्तीमा अचार संहिता उल्लंघन नगर्न नगराउन भनिएको छ ।

आचार संहिता उलंघन हुने गरी कुनैपनि कार्य नगर्नु भनि सम्बन्धित पार्टी एवं स्वतन्त्र उम्मेदवारलाई समेत जानकारी गराउने र अटेर गरे कानुनी कारबाहीका लागि लेखि पठाउने निर्णय यसअघि नै आचार संहिता अनुगमन समितिबाट निर्णय भईसकेको छ ।

राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले सात बुँदे निर्देशन दिएको छ । निर्वाचन आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नसबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट चुनावको प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको दुरुपयोग भएको, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँडेको, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि गाडीको प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना प्राप्त भएको आयोगको भनाई छ ।

आयोगको निर्देशन अनुसार नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन


सम्बन्धित समाचार