Logo

८ कार्तिक, वीरगञ्ज । निर्वाचन आयोगले बिभिन्न राजनीतिक दलका नेता र उमेदवारलाई सामाजिक सञ्जालमा भ्रामक लाञ्छना लगाउँदै बनाइएका फेसबुक पेज तथा ग्रुपहरू हटाउन निर्देशन दिएको छ ।

सामाजिक सञ्जालमा विभिन्न पेज तथा ग्रुप बनाएर व्यक्तिगत लाञ्छना लगाइएकोप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै त्यस्ता फेसबुक पेज र ग्रुप नहटाएमा बिद्युतीय कारोवार ऐन अनुसार कार्वाही गर्ने चेतावनी दिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार र विभिन्न राजनीतिकदलकाे उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेन समेतका फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगले गम्भिर रुपमा लिएको जनाएको छ ।

झुठा फेसबुक पेज र ग्रुपहरु सिर्जना गरी दलका नेताहरुविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २३ को उपदफा ९१ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड ९ ञ, ९ट, ९ठ र ९ड को प्रतिकुल रहेको देखिन्छ, आयोगले विज्ञप्तिमा भनेको छ ।

बिद्युतीय कारोवार ऐन विपरित कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था रहेको छ ।


सम्बन्धित समाचार