Logo

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा

१२ कार्तिक, काठमाडौं । नेपाली काग्रेसले आफ्नो घोषणा पत्रमा केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन पूर्वनियोजित रुपमा संविधान असफल बनाउने षडयन्त्र भएको आरोप लगाएको छ । नेपाली काग्रेसले संसदको कार्यकाल संविधानमा तोकिए अनुरुप अविच्छिन्न पाँच बर्ष चल्नु पर्नेमा पार्टीको धारणा स्पष्ट गरेको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारिएको घोषणापत्र शनिवार सानेपा स्थित पार्टी कार्यालयमा सार्वजनिक गरेका हुन ।

कांग्रेस पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार, नारा सहित संकल्प पत्र सार्वजनिक गरिएको छ।

केपी ओली सरकारले संसद विघटन गरि संवैधानिक निकाय माथि राजनीतिककरण शुरु गरेको, विदेशी कुटनीतिक सम्वन्ध विगारेको, कोभिड नियन्त्रण गर्न नसकेको, र षडयन्त्रपूर्वक ढंगबाट संविधान विघटन गर्ने योजनामा केपी ओली रहेको कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्र समिति संयोजक एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई निरन्तरतामा नबिनता नाम दिएको बताए । उनले भने नेपाली समाजको विविधतालाई हामीले समेटेका छौँ । हामीले सम्मुन्नतिको सन्दर्भमा मान्छेलाई केन्द्रमा राखेका छौँ । नेपालको सम्मुन्नतिको सन्दर्भमा पाँच बर्षे खाका र त्यसलाई निरन्तरता दिने बिषयलाई समेटेका छौ।

सार्वजनिक पदमा बसेका व्यक्तिलेले सम्पत्ति विवरण सार्वजनिक गर्नैपने बाध्यकारी कानुन बनाउने विषय घोषणापत्रमा समेटिएको शर्माले बताए । फोहोरको दिर्घकालिन समाधान, संसद्लाई पाँच बर्ष पूरा कार्यकाल कायम राख्ने लगाएतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस्ताे छ नेपाली कांग्रेसको घोषणापत्र 

NC-Manifesto


सम्बन्धित समाचार