Logo

११ मंसिर, काठमाडौँ । दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । मंसिर ४ गते आइतबार भएकै निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रको निर्वाचन रद्द गर्दै निर्वाचन आयोगको आइतबारको बैठकले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र मतदान रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । ती स्थानमा यही मंसिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको छ ।


सम्बन्धित समाचार