Logo

१९ मंसिर, वीरगञ्ज । मानव सेवा आश्रमको सहकार्यमा नेपालको चर्चित व्याण्ड नेपथ्यले मानवता प्रवद्र्धनका लागी आज वीरगन्जमा सांगितिक कार्यक्रम नेपथ्य लाईभ कन्सर्ट गर्दैछ ।

वीरगन्जको आदर्शनगर रंगशालामा आज अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म नेपथ्य लाईभ कन्सर्ट हुँदैछ । नेपथ्य लाईभ कन्सर्टको आवश्यक सबै तयारी र सुरक्षा व्यावस्था मिलाईएको कार्यक्रम संयोजक गणेश लाठले बताउनुभयो ।

विगतमा आयोजना भएका सांगितिक कार्यक्रमहरुमा सधैं हुलदंगा हुने गर्दा बाहिर नकारात्मक संदेश जाने गरेकोले यसपटक त्यो नकारात्मक सन्देशलाई सकारात्मक पार्नका लागि पनि कार्यक्रमलाई शान्तिपूर्ण र सभ्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई कडा बनाईएको आयोजकले जनाएको छ ।

सांगितिक कार्यक्रममा जानेहरुले टिकट अनिवार्य रुपमा देखाउनुपर्ने र दिईएको टिकट गेट बाहिर नै राखेर मात्रै प्रवेश दिने गरी व्यावस्था मिलाईएको आयोजकले जनाएको छ ।

मानवीय सेवाका लागि आयोजना गर्ने कार्यक्रममा उछृङखल गतिविधि गर्नेहरुलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो


सम्बन्धित समाचार