१७ पुष, वीरगञ्ज । वीरगञ्जमा अग्रेंजी नयाँ वर्ष २०२३ मनाउन नेपाल आउने पर्यटकको भीड देखिएको छ । भारतका विभिन्न शहरबाट नेपाल घुम्न आएका पर्यटक वीरगञ्ज रक्सौल नाका हुँदै भित्रिएका हुन् ।
वीरगञ्ज भन्सारमा सवारी पास लिनका लागि भारतीय सवारी साधनको लामो लाईन देखिएको छ । भारतीय सवारी साधनलाई नेपालमा गुडाउनका लागि भन्सारबाट अनुमति लिनुपर्ने हुन्छ ।
३ किलोमिटर क्षेत्रका लागि निशुल्क पास दिने गरेको छ भने अस्थायी पैठारी काटेर देशका विभिन्न स्थानमा जान सकिन्छ । मोटरसाईकलको प्रतिदिन १ सय ५० रुपैयाँ र चार पाँंग्रे सवारीको ५ सय रुपैयाँ प्रतिदिन शुल्क लिने गरिएको छ । शनिबार १ सय ९९ वटा मोटरसाईकल र १ हजार ६६ वटा कारजीप भित्रिएको छ ।
भारतीय पर्यटक भन्सार गराई नेपाल प्रवेश गर्न र न्यू ईयर मनाउन उत्साहित देखिएका छन् । विशेषतः पर्यटकहरु विरगञ्ज नाका कटेर एतिहासिक महत्व बोकेको पर्साको ठोरी, चितवनको सौराहा, पोखरा, हेटौडाँ, काठमाण्डौँ लगाायतका स्थानमा घुम्न जाने गरेका छन् । वीरगञ्जको भिश्वा, घडिअर्वा लगायतका क्षेत्रमा पनि आन्तरिक पर्यटकको घुईचो लागेको छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाल सास्कँृतिकं रुपमा पनि धनी रहेकाले पर्यटकहरु घुम्न आउने गरेका छन् । उनीहरु नयाँ वर्षको अवसर पारी नेपालको विभिन्न मन्दिर, ताल, पहाड, पर्वत लगायतमा घुम्न आउँछन् ।



















