Logo

२८माघ, वीरगञ्ज । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा एक कार्यक्रमका बीच आज गठन भएको छ ।पत्रकार तिवारी यादवको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा गठन भएको भएको हो ।

नवगठित समितिको उपाध्यक्षमा सुश्मा शर्मा , अमित अग्रबाल , सचीवमा श्याम कुशवाहा , सहसचिवमा कृष्ण कुशवाहा , बिमला गुप्ता , कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन ।

यस्तै कार्यसमिति सदस्यहरुमा आबिद हुसेन , निलम चौधरी , सुबास राम , नितेश कर्ण ,अर्जुन गुप्ता रहेका छन ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहल आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हाजरा , पर्सा क्रिकेट संघका वरिष्ठ उपाध्यक्ष मुर्तुजा हवारी , सदस्य घनश्याम गुप्ता , नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत ,नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादव , कोषाध्यक्ष सन्जीव मिश्रा , कार्यालय प्रमुख शिवशंकर साह , डाक्टर अशोक यादव , डाक्टर सुनिल यादव लगायतकाले मन्तव्य राखेका थिए ।


सम्बन्धित समाचार