Logo

३ फागुन,वीरगञ्ज । केही व्यक्तिहरुले शिक्षकलाई अभद्र व्यवहार गरेको भन्दै पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ३ स्थित श्री बाबा बैधनाथ आधारभूत विद्यालय, गढैयाका शिक्षकहरुले सामुहिक सरुवाको माग गरेका छन् ।

जगरनाथपुर गाउँका केहि युवाले विद्यालयमा प्रवेशगरी मंगलबार बिहान शिक्षक माथि अभद्र व्यवहार प्रदर्शन गरेका थिए । बाहिरी व्यक्तिहरुको गुण्डागर्दीको विरोधमा त्यहाँ कार्यरत सम्पूर्ण शिक्षक र कार्यालय सहयोगीले समेत सामुहिक सरुवाको माग राखेका हुन् ।

विद्यालयमा प्रधानाध्यापक सहित ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयका प्रधानाध्यापक बादशाह साहका अनुसार फागुन २ गते मंगलबार बिहान १० बजे प्रार्थना गर्ने समयमा आएर गाउँका ७ जना युवाले अभद्र व्यवहार प्रदर्शन गरेका थिए ।

उनका अनुसार स्थानीय बलि यादव, सुनिल यादव, दिपेश यादव, बशिष्ठ यादव, भूपेन्द्र यादव, नन्की यादव, सुनिल यादव नाम गरेका युवाहरुले अभद्र व्यवहार प्रदर्शन गरेका हुन ।

प्राथना गर्न नदिएका उनीहरुले कक्षा कोठामा गई छात्र छात्राहरुलाई हातपात, गाली गलौज गरी पाठ्यपुस्तक बाहिर फालेको, शिक्षकले नपढाएको भन्ने आरोप लगाउन दवाव दिँदै, छात्राहरुलाई समेत हात हालेको, मोबाईलमा भिडियो लिई फलामको रड लिएर तर्साउँदै शिक्षक कर्मचारीहरुलाई विद्यालयमै विद्यार्थीको सामु गाली गलौज गर्दै दुव्र्यवहार गरेको प्रधानाध्यापक साहले बताए ।

यस्ता क्रियाकलाप पटक पटक भईरहेको भन्दै प्रधानाध्यापक साहले गाउँपालिका र वडा अध्यक्षलाई सुरक्षा व्यवस्था मिलाईदिन र सामुहिक सरुवाको माग राखेर पत्राचार समेत गरेका छन् ।


सम्बन्धित समाचार