Logo

९फागुन,सेंढवा,पर्सा । पर्साको निर्मलवस्तीमा स्कार्पियोले ठक्कर दिएर घाईते बनाएको बालकको मृत्यु भएको छ ।

चितवनको माडीबाट वीरगन्ज आउदै गरेको प्रदेश १–०२६–च–०३०३ स्कार्पियोले आज बिहान ठोरी गाउँपालिका वडा नम्बर ४ को विजय वस्तीमा ठक्कर दिँदा स्थानीय १३ बर्षीय विश्वास श्रेष्ठ घाईते हुनुभएको थियो ।

स्कार्पियोले ठक्कर दिएर घाईते बनाएको विश्वासलाई उपचारका लागि तराई अस्पतालमा ल्याईएको थियो । उहाँको तराई अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर १५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

ठक्कर दिएर भागेको स्कार्पियो र चालक चितवनको माडी नगरपालिका वडा नम्बर ३ का २५ बर्षीय पदम विलासपन्तलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार