Logo

१३ फागुन, काठमाडौं। भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुने भएको छ ।आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो ।

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने हिजो निर्णय लिएका थिए । शुक्रबार बनेको नयाँ गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा छन् ।

आठ दलका सांसदहरुको मतभार जोड्दा स्पष्ट बहुमत पुग्नेछ । राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु मतदाता हुन्छन् । कुल सांसदहरुको मतभार ५२ हजार ६ सय २८ छ ।

त्यसको पचास प्रतिशत मत कटाउने निर्वाचित हुन्छन् । त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३ सय १५ मत आवश्यक पर्छ ।

जस अनुसार शुक्रबार बनेको नयाँ गठबन्धनको पक्षमा रहेका सांसदहरुको मतभार ३१ हजार ९१७ हुन्छ ।

त्यसैले यो गठबन्धन चुनावको दिनसम्म नभत्केमा भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल निश्चित हुन्छ । निर्वाचन आयोगले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १० देखी ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको छ । निर्वाचन भने २५ फागुनमा हुनेछ ।


सम्बन्धित समाचार