Logo

२० फागुन,बारा । तराई यातायात व्यवसायी संघको छैटौँ अधिवेशनबाट अध्यक्षमा ओमकृष्ण कार्की सर्वसम्मत चयन हुनुभएको छ ।

संघको हिजो सम्पन्न छैटौं अधिवेशनको बन्दसत्रले पूर्व अध्यक्ष समेत रहनुभएका कार्कीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सोहेल अख्तर अंसारी, केन्द्रीय उपाध्यक्ष जीवन श्रेष्ठ, पूर्व उपाध्यक्ष वीरेन्द्र कार्की, पश्चिम उपाध्यक्ष कुमार राई, उत्तर क्षेत्रीय उपाध्यक्ष बोधराज आचार्य (दिनेश), दक्षिण उपाध्यक्ष उम्केश्वर प्रसाद रौनियार (ओम), महासचिव अर्जुन अधिकारी, उपमहासचिव देव श्रेष्ठ, सचिव रामबहादुर कार्की, लोकराज पौडेल (मधु) मनोज यादव, सहसचिव तुफान फारुक अञ्सारी, कोषाध्यक्ष नारायण घिमिरे, सहकोषाध्यक्ष नविन थापालगायत रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, लोकबहादुर पोख्रेल, मदनराज कंसाकार, विजय रञ्जितकार, करणकुमार चौधरी, राजादिन बाबु, उत्तमकुमार पौडेल, सञ्जयकुमार गुप्तालगायत रहनुभएको छ । अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो । कार्यसमितीले पाँच जना सदस्य मनोनित गर्न सक्ने प्रावधान छ ।


सम्बन्धित समाचार