Logo

९ चैत,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन भएको छ । जितपुरसिमरा–१ पथलैयास्थित पूर्व पश्चिम लोकमार्गमा कार्यक्रम संचालन भएको हो ।

जितपुरसिमराका प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेत सहितको ट्राफिक प्रहरीको टोलीले ३ सयजना कार, बस र जिप चालक एवम् सहचालकहरुका साथसाथै यात्रुहरुलाई समेत ट्राफिक नियम सम्बन्धि सचेत गराईएको थियो ।


सम्बन्धित समाचार