Logo

१६ चैत, वीरगञ्ज । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा स्व. नरेश सरार्फ स्मृती क्रियाशिल पत्रकारिता पुरस्कार राजेन्द्र सिंहलाई प्रदान गरिएको छ ।

दिवसको अवसरमा वीरगंजको घण्टाघर देखि माईस्थान सम्म प्रभात फेरी निकालिएको थियो । प्रभातफेरी पछि वीरगंजको ब्रम्हचोक स्थित रहेको महासंघ, पर्साको सभाकक्षमा आयोजित एक कार्यक्रमका विच उहाँलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पत्रकार सिंहलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले स्व. पक्रकार नरेशको नाममा अक्षयकोष स्थापना गरिने बताउनुभयो ।

अक्षयकोषमा जम्मा भएका रकमको व्याजबाट आएका वाषिर्क ८० प्रतिशत रकम स्व. पक्रकार नरेशको परिवारको पालनपोषनमा खर्च गरिने र २० प्रतिशत क्रियाशिल पत्रकारलाई सम्मानमा खर्च गरिने उहाँले बताउनुभयो ।

यसअघि महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा चैत ११ गते बसेको बैठकले स्थापना दिवसको अवसरमा प्रभातफेरी निकाल्ने र पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो । महासंघले ४० वर्ष उम्मेर नकटेका र कम्तीमा १ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यविधि बनाएको थियो ।

सोही बमोजिम आकाश एफ एम, पब्लिक एफ एम, आवाज एफ एम, माउन्टेन टिभी हुँदै रेडियो नेपाल र एन्युज टेलिभिजनमा कार्यरत पत्रकार राजेन्द्र सिंहलाई आज उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको महासंघका पर्सा अध्यक्ष तिवारीले बताउनुभयो ।


सम्बन्धित समाचार