Logo

१९ चैत, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले एक घर एक रोजगार योजनाका साथ काम गर्ने बताउनुभयो । आफ्नो पालिका कृषिमा आधारित पालिका भएको भन्दै ९० प्रतिशत नागरिक कृषि पेसामा रहेको उहाँले बताउनुभयो ।

‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले बाराको कलैयामा आयोजना गरेको तन्नेरीसँग मेयर कार्यक्रममा उहाँले यहाँका जनता बढी कृषि पेसामा रहेका कारण सोही अनुसारको एक घर एक रोजगार कार्यक्रम ल्याउने तयारीमा आफु जुटेको बताउनुभयो । यहाँका नागरिक समुह बनाएर कृषिमा आधारित कार्य गरेर रोजगारी सृजना गर्ने योजना लिएर आएपछि आफु त्यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मेयर यादवले भन्नुभयो “पलिकाका युवाहरु रोजगारको शिलशिलामा विदेश जाने योजनामा एजेन्टहरुबा ठगिने गरेको छन् । यो अवस्थालाई मध्यनजर गर्दै आफु पछिल्लो कार्यकालमा ५ सय युवाहरुलाई फ्रि भिसामा विदेश पाठाएको बताउनुभयो ।”

मेयर यादवले शिक्षामा ३ करोड बजेट छुट्याईएको भन्दै पालिकामा खस्किएको शिक्षा स्तरलाई बृद्धी गर्दै लैजाने बताउनुभयो । पालिकाका सामुदायिक विद्यालयमा शिक्षक अभावको पदपुर्ती र विद्यार्थीहरुको अनुशासनमा विशेष जोड दिईदै प्रत्येक विद्यालयमा अङ्गग्रेजी माध्यममा कक्षा संचालन गर्ने र विद्यार्थीहरुलाई अङ्गग्रेजी बोल्न सिकाउने तर्फ विशेष जोड दिने बताउनुभयो ।

जनताको अपेक्षा अनुसारको काम गर्न नसक्नुमा दलिय राजनितिकलाई मुख्य कारण भएको मेयर यादवले बताउनुभयो । दलिय राजनितिकाका कारण नगरवासीको अवस्था र आवश्यकताको भावनालाई समेट्न नसकिएको कारण जनअपेक्षा अनुसारको काम गर्न आफु चुकेको उहाँले बताउनुभयो । “वडा सदस्य, वडा अध्यक्ष लगायतले जनअपेक्षाका कामहरुको योजना बनाएर नगरसभामा ल्याएर साही बमोजिम काम कारवाही अगाडी बढाइए जनताले काम आफ्नो अपेक्षा अनुसार भएको महसुस् गर्ने छन् मेयर यादवले भन्नुभयो ।”

यसैगरी सोही कार्यक्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले युवा युवतीहरुलाई रोजगार दिन आफुहरु लागे पनि यो समस्या समाधान गर्न गाह्रो भएको बताउनुभयो । युवायुवतीहरुलाई कृषिमै आधारित योजना ल्याएर रोजगार दिने कार्यमा आफु जुटेको बताउनुभयो । कृषिमा २ करोडको बजेट छुट्याएर काम बोरिङ्ग, ट्युववेल जडान, उन्नत जातका विउविजन वितरण लगायतका कार्य गरिरहेको बताउनुभयो ।

माथिलो तहको सरकारले स्थानियमा उत्पादित सामाग्रीको बजारीकरण गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । आफुहरु कृषिमा करोडौं खर्च गरे पनि उचित बजारको कारण किसानहरु पिडित रहेको कुरा औल्याउनुभयो ।

कार्यक्रममा तन्नेरीहरुले रोजगारका निम्ति पालिकाले काम गरे पनि सिपमुलक कार्यक्रमको आवश्यकता रहेको बताए । सोको जवाफमा मेयर यादव र फेटाका अध्यक्ष अन्सारीले आवश्यक सिपमुलक कार्यक्रमको योजना लिएर आउन नगरवासी तथा गाउँवासीहरुलाई आग्रह गर्दै आफुहरु त्यसको व्यस्थामा लाग्ने उहाँहरुले प्रतिबद्धता जनाउनुभयो ।

स्थानिय संचारकर्मी साजिर मंसुर र हाम्रो अभियानका शिवनाथ यादवले सहजिकरण गरेको कार्यक्रममा उपस्थित तन्नेरीहरुले महागढीमाई नगरपालिका र फेटा गाउँपालिकाले गरेका राम्रा कामहरु के–के हुन् ? स्थानिय युवाहरुको रोजगारका निम्ति पालिकाले के गर्दैछ ? शिक्षा सुधारका लागी पालिकाको के कस्तो योजना छ ? लगायतका प्रश्न गरेका थिए ।


सम्बन्धित समाचार