Logo

२४ चैत,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको एक वडा कार्यालयले गर्भवती र सुत्केरी महिलालाई पोष्टिक आहार अण्डा वितरण गरेको छ । वडा नं.३ को कार्यालयले आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरि एक–एक क्यारेट अण्डा वितरण गरेको वडा अध्यक्ष तारा बहादुर कार्कीले जानकारी दिनुभयो ।

वडा सदस्य माया बिकको अध्यक्षतामा भएको कार्यक्रममा सुत्केरी १८ जना र गर्भवती २६ जना महिलालाई अण्डा वितरण गरिएको थियो । ३ महिनादेखि ९ महिनासम्मका गर्भवती महिलालाई दैनिक २ वटाका दरले र सुत्केरी बच्चा जन्मेको दिन देखि ३ महिना पौष्टिक आहार वितरण भईरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

अगामि दिनमा गर्भवती र सुत्केरी महिलाको सहजताका लागि पौष्टिक आहारहरु थप्दै जाने उहाँको भनाई छ । यस्तो किसिमको कार्यक्रमले गर्भवती र सुत्केरी महिला स्वास्थ्य चौँकीको सम्पर्कमा निरन्तर आउने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुने स्वास्थ्यकर्मीहरुको विश्वास छ ।


सम्बन्धित समाचार