Logo

२५ चैत, काठमाडौं । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् । दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो ।

विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई हौसला दिन यो सम्मान गरिएको नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयो । कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित अन्तरजातीय जोडीले पनि यो महत्वपूर्ण कार्यका लागि धन्यवाद दिएका छन् ।

जुम्ला गुठिचौर गाउँपालिकाका उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताउनुभयो । सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले समानुपातिकको सूत्राधार माओवादीले यस्ता काममा जोड दिएको बताउनुभयो ।

उहाँले संघीयता, समानुपातिक र समावेसीमा नेकपा माओवादी केन्द्रलेनै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन सहित सम्मान गरिएकोमा जोड दिनुभयो ।कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद ।

रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला नेकपा माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले जन्तरजाति विवाह गरेर समाजलाई परिवर्तन गर्न खोजेकोमा धन्यवाद दिनुभयो ।


सम्बन्धित समाचार