Logo

२६ चैत, वीरगञ्ज । वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह कार्यालयबाट पछिल्लो समयमा मालवस्तुको आयात ५० प्रतिशतले घटेको छ । व्यवसायीहरूले मालसामान मगाउन कम गरेका कारणले आयात घटेको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले बताउनुभयो ।

नेपाल सरकार मातहतको नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जासम्बन्धी नीति एवं विभिन्न नीति नियममा गरिएका कडाइका कारण यस्तो भएको हुन सक्ने उहाँले बताउनुभयो । दैनिकरूपमा मालवस्तु छुट्ने कन्टेनरको सङ्ख्यामा पनि कमी आएको बताउँदै खासगरी पोस्ता दाना, मरिच, सुपारी, छोकरा, केराउ, सवारी साधनलगायतका सामानमा भारी गिरावट आएको र यसले राजस्व सङ्कलनमा पनि असर पारेको न्यौपानेले बताउनुभयो

। पहिले शून्य मूल्यमा व्यवसायीको आग्रहमा बैंकले प्रतीतपत्र खोल्ने चलन रहेकामा अहिले सरकारद्वारा नै केही मालवस्तुको आयातमा प्रतिबन्ध लगाएको र केही वस्तुमा नगद मार्जिनको व्यवस्थाले गर्दा व्यवसायीहरू मालवस्तु आयात गरी व्यवसाय गर्न हिचकिचाइ रहेको उहाँले बताउनुभयो ।

श्रीसिया सुक्खा बन्दरगाहसँगै नेपालको अन्य भन्सार नाकाबाट पनि मालवस्तुको आयातमा कमी आएको भन्सार अधिकारीहरुको भनाई छ । यसले नेपाली बजारलाई आगामी दिनमा प्रभावित पार्ने बुद्धिजीवीहरुले आँकलन गरेका छन् ।


सम्बन्धित समाचार