Logo

२९ चैत,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले बारा २ को विकास, मधेसको एजेण्डालाई स्थापित गर्न र राजनीतिक स्थायित्व दिन उपनिर्वाचनमा जनताले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउनुपर्ने बताउनुभएको छ ।

बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका यादवलाई जिताउन लोसपाका तर्फबाट केन्द्रिय प्रतिनिधीका रुपमा खटिनुभएका सोनलले राष्ट्रिय राजनीतिमा पहिचान बनाउन सफल जसपा अध्यक्ष यादवले जिते बारा २ को विकास र समृद्धि निश्चित रहेको बताउनुभएको हो ।

बारा २ मा यादवलाई जिताउन आफनो पार्टीबाट सर्कुरल नै जारी भइसकेको भन्दै सोनलले बारा २ को उपनिर्वाचनको परिणाम गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमै आउने दाबी पनि गर्नुभयो । मुलुक विगत ५÷६ वर्ष देखि गठबन्धनको राजनीतिमा चलिरहेको बताउँदै सोनलले मुलुकमा स्थायी सरकारका लागि पनि गठबन्धनको राजनीतिक आवश्यक भएको उहाँको भनाई छ ।


सम्बन्धित समाचार