Logo

फाइल तस्वीर

२९ चैत,वीरगञ्ज । निर्वाचन आयोगले आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि ६ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन् ।

यी संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाई सिफारिश भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ । हिजो बसेको आयोगको बैठकले यी ६ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको हो । बारा निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ ।


सम्बन्धित समाचार