Logo

२ वैशाख,बारा । निजि विद्यालयले अभिभावकसँग जथाभाबी रकम असुल गर्न थालेको जनगुनासो बढेसँगै बाराको जितपुरसिमरा उपमहानगरले यस विषयमा कडाई गरेको छ ।

उपमहानगरले विद्यालयमा पढाउनुपर्ने किताबदेखि विद्यार्थीले बोक्ने झोलासम्ममा नयाँ नियम लागु गरेको हो । नेपाल सरकार र पाठ्यक्रम बिकासले स्वीकृत गरेको सन्दर्भ सामग्री मात्र लागु गरिएको नगरप्रमुख राजन पौडेलले बताउनुभयो ।उपमहानगर अन्र्तगतका निजि विद्यालय स्वयम्ले किताब एवम् स्टेशनरी सामग्री बिक्री गर्न नपाउने व्यवस्था गरेको हो ।

कतिपय विद्यालयले मूल्यमा स्टिकर लगाएको वा कालो पोतिएको किताबहरु बेचेको पाईएको प्रमुख पौडेलले बताउनुभयो । यस्ता पाठ्यपुस्तक वा नेपाली मूल्य नलेखिएका किताबहरु विद्यालयमा लागु नगर्न उहाँको निर्देशन छ ।

त्यस्तै जितपुरसिमरा उपमहानगरले कक्षा १ देखि ५ सम्माका विद्यार्थीका लागि ४ किलोसम्म, आधारभुत तहको कक्षा ६ देखि कक्षा ८ सम्म ६ किलो र माध्यमिक तहका लागि ८ किलोसम्मको पाठ्यपुस्तक तोकिएको नगरप्रमुख पौडेलको भनाई छ । उहाँका अनुसार खाजा सहितको झोला बोक्न पाउने गरि नियम तोकिएको हो । उहाँले नियमको पालना नगर्ने विद्यालयलाई कारवाही गरिने भन्दै चेतावनी समेत दिनुभएको छ ।

 


सम्बन्धित समाचार