Logo

६ बैशाख, वीरगञ्ज । मकवानपुरको चुरीयामाई जंगलमा बाघको आक्रमणबाट बुधबार हेटौँडाका दुईजना मानिस घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगर पालिका वडा नं. १५ का ६५ वर्षीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान घाइते भएका हुन ।

घर नजिकैको चुरीयामाई सामुदायिक बनमा बाख्रा चराउन गएका थिङ र घलानलाई बाघले आक्रमण गरेको हो। बाघका आक्रमणबाट ६५ बर्षीय कृष्ण बहादुर थिङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय हेटौडाले जनाएको छ । घाइते दुवै जनालाई हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

बाघको आक्रमणबाट घाइते भएका थिङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको बाघको आक्रमणबाट घाटिमा गहिरो चोट लागेको छ।


सम्बन्धित समाचार