८ वैशाख,,पंचगाँवा । पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित श्री गादीमाई आधारभूत विद्यालयले जनचेतनामुलक ¥यालीको आयोजना गरेको छ । समयर्म भर्ना, समयमै ज्ञान गुणस्तरिय शिक्षा, सबैको अभियान भन्ने मूल नारा सहित ¥यालीको आयोजना गरिएको हो । पटेर्वासुगौली गाउँपालिका–३ पश्चिम देकुलीको आयोजना एवम् पटेर्वासुगौली गाउँपालिकाको सहयोग तथा वडा कार्यालयको समन्वयमा ¥यालीको आयोजना गरिएको थियो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशन बमोजिम कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले जानकारी दिनुभयो । पालिका अन्र्तगत रहेका २४ वटा सामुदायिक विद्यालयका शिक्षक एवम् अभिभावकहरुद्वारा सयुंक्त रुपले प्रत्येक १ दिन विभिन्न नारा सहितको ¥याली तथा घरदैलो कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
कुनैपनि बालबालिका निशुल्क पढ्नबाट वञ्चित नहुन् भनेर निशुल्क विद्यार्थी भर्ना र घरदैलौ अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । शैक्षिक शत्र ०८० सुरु भएलगत्तै सबै सामुदायिक विद्यालयमा निशुल्क पाठ्यपुस्तक उपलब्ध गराईएको गाउँपालिकाका प्रशासन शाखा प्रमुख शम्भु प्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा भर्ना भएका दलित छात्रालाई पालिकाले छात्रवृत्ति प्रदान गर्नेछ । वडाध्यक्ष माधव प्रसाद राउत थारुको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।