Logo

८ वैशाख, काठमाडौं । नेपालमा लामो समयदेखि मलको अभाब झेलिरहेको अबस्थमा मित्रराष्ट्र रुस नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ।

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन्।

रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अबस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बतएका हुन्। त्यसका लागि नेपालले मन्त्री परिषदबाट निर्णय गरेर प्रकृया अगाडि बढाउन उनको आग्रह थियो।

अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्को बिच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो।

भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको उपप्रधानमन्त्रीको कार्यालयलाई उद्दृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ।

‘दिमित्री चेर्निसेन्को र गणेशप्रसाद तिमिल्सिनाले नेपाललाई खाद्यान्न, रासायनिक मल, रुसी हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने अवसर र चेस प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने विषयमा पनि छलफल भएको छ’, समाचारमा उल्लेख छ।

“तपाईँको भ्रमण एउटा उल्लेखनीय कार्यक्रम बन्ने र रुस–नेपालबीचको अन्तरक्रियालाई प्रोत्साहन दिने मलाई विश्वास छ। नेपाल दक्षिण एसियामा रुसको लामो समयदेखिको साझेदार हो, हाम्रा जनताबीच मित्रताको बलियो सम्बन्ध छ। रुस र नेपालबीचको सम्बन्ध सुमधुर छ। सँधै समानता र आपसी सम्मानको आधारमा निर्माण गरिएको छ, “चेर्निसेन्कोले उपप्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेको छ।

उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिबृद्धि र यातयात क्षेत्रको पुर्वाधार बिकासमा सहकार्यका पर्याप्त संभावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पुर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने बिश्वास ब्यक्त गरेका थिए।


सम्बन्धित समाचार